खाेज्नुहाेस्

नेपाल भलिबल लिगको मिति सार्वजनिक

Image

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल) आयोजना मिति सार्वजनिक भएको छ।

आयोजक केडिया ग्रुपले आज विज्ञप्ति जारी गर्दै एनभिएल भदौ १९ देखि २७ गते (सेप्टेम्बर ४ देखि १२ ) सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछ।

एनभिएलको पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोली सहभागी हुनेछन् । सहभागी टोलीका टिम मालिक, टिम लोगो, नारा, मार्की खेलाडी, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक यसअघि नै सार्वजनिक भइसकेका छन्।
खेलाडी अक्सन भइसकेको छ।

आईएमई खल्ती लिमिटेडलाई टिकटिङ पार्टनर रहेको एनभिएलको ब्रोडकास्टिङ पार्टनरका रूपमा कान्तिपुर  टेलिभिजन हो ।
एनभिएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले प्रतियोगितालाई सफल बनाउन आयोजक प्रतिबद्ध रहेको बताएका छन्।

सम्बन्धित पाेष्ट