दार्चुला । दार्चुलाको अपि हिमाल क्षेत्रमा आजबाट पर्यटन महोत्सव २०८३ सुरु भएको छ ।

अपि हिमाल गाउँपालिका –१ स्थित पिल्कन्द, अपि हिमाल आधार शिविर क्षेत्रमा तीनदिने महोत्सवको उद्घाटन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले उदघाटन गरेका छन् ।

महोत्सवको उद्घाटनशत्रमा सभामुख भिम भण्डारी , उधोग पर्यटन बन तथा वातावरण मन्त्री प्रकाश रावल ,अर्थमन्त्री चक्रबहादुर मल्ल , भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री दमन भण्डारी, लगायत विभिन्न पालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।



















