खाेज्नुहाेस्

अजयमेरु राजुलमा डेढ लाख बढी राशिको भलिबल प्रतियोगिता संचालन हुँदै

Image

डडेल्धुरा । अजयमेरु गाउँपालिका वडा नं. ६ राजुलमा बृहत सांस्कृति कार्यक्रम संहित खुला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।
अजयमेरु गाउँपालिका वडा नंं. ६ को आयोजनामा कार्तिक १९ गतेदेखि २१ गतेसम्म पुरुष भलिबल प्रतियोगिता संचालन हुने वडा अध्यक्ष हरि सिंह भण्डारीले बताएका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५,द्धितीय पुस्कार ७७ हजार ६ सय ७७ र तृतीय पुरस्कार ४४ हजार ४ सय ४४ रुपैँया सहित ट्रफी,मेडल र प्रमाण पत्र रहेको छ । सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ र अन्य विधागत उत्कृष्ट खेलाडीहरुलाई जनही ३ हजार ३ सय ३३ रुपैँया रहेको वडा अध्यक्ष भण्डारीले बताए ।
स्थानीय स्तरमा रहेका खेल प्रतिभाहरुको पहिचान गराउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले खुला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । वडा अध्यक्ष भण्डारीले आफु निर्वाचित भएदेखि प्रत्येक वर्ष बृहत सांस्कृतिक कार्यक्रम सहित खुला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएका छन् ।
प्रतियोगितामा सहभागी हुने टिमहरुले कार्तिक १८ गते बेलुका सम्म टिम दर्ता गरिसक्नुपर्ने छ । टिम दर्ता शुल्क ३ हजार ३ सय ३३ रुपैँया रहेको छ ।

सम्बन्धित पाेष्ट