डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराको इतर पक्षले आज जिल्ला अधिवेशन गर्दैछ।
पार्टीको जिल्ला अधिवेशन तथा १५औँ महाधिवेशनको तयारीस्वरूप तय गरिएको अधिवेशनमा पार्टीका क्षेत्रीय प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति र महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
त्यसैगरी सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य, प्रदेशसभा क्षेत्रीय सभापति, पालिका तथा वडा कार्यसमितिका पदाधिकारी र सदस्यलाई समेत अधिवेशनमा सहभागी हुन अनुरोध गरिएको छ।डडेल्धुरा सदरमुकाममा संचालन भैरहेको अधिवेशनमा बसपार्कदेखि बाजागाजा सहितको रयाली निकालिएको छ ।

















