काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) ३ अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन्। विराटनगरले टस जितेर जितेर फिल्डिङ रोजेको छ। चितवनले पहिला ब्याटिङ गर्नेछ।
राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीप लामिछानेको कप्तानीमा विराटनगर मैदान उत्रनेछ। मार्की खेलाडीसमेत रहेका सन्दीपको नेतृत्वमा विराटनगर सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ। पहिलो सिजन निराशाजनक प्रदर्शन गरेको विराटनगर दोस्रो सिजनमा दोस्रो क्वालिफायरसम्म पुगेको थियो।
अर्कोतर्फ, रवि बोपारा कप्तानीमा रहेको चितवन पनि जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ। एनपिएलका अघिल्ला दुई संस्करणमा खेलाडीका रूपमा सहभागी भएका पाकिस्तानी सोहेल तनविर यसपटक प्रशिक्षकको भूमिकामा छन्।
विदिनको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। यो खेल साँझ ५ बजे सुरु हुनेछ।

















