डडेल्धुरा ।आलिताल गाउँपालिकाका २५ जना महिलाहरुलाई विउविजन सहित पोलिहाउस वितरण गरिएको छ ।
मंगलबार निड्स नेपाल आलिताल फिल्ड कार्यालयबाट आलिताल गाउँपालिका वडा नं. ३,४,५ र ८ का गरी २५ जना महिलाहरुलाई पोलिहाउस एक थान, आलु बिउ १० किलोग्राम, थोपासिचाई पाईप तथा ड्रम एक थान,जैविक विषादी निर्माणका लागि ड्रम एक थान, हजारी,स्प्रे एक एक थानका साथै मुला, काउली,प्याज,बन्दा र टमाटरको विउ समेत वितरण गरिएको निड्स नेपालका कृषि तथा पशु अधिकृत पशुपति भट्टले बताईन ।

निड्स नेपालद्धारा आलिताल गाउँपालिकामा संचातिल सम्मानित युवा श्रम आप्रवासन तथा सुदुढ जीविकोपार्जन परियोजना अन्तर्गत आलिताल गाउँपालिकाका ३२ वटा महिला समुहमा आवद्ध महिलाहरुलाई विभिन्न सिपमुलक तालिम तथा जीविकोपार्जनका लागि सहयोग गर्दै आएको कार्यक्रम संयोजक शैलेन्द्र जोशीले बताए ।
उनले भने यो परियोजना माफर्त ३ वर्षमा आलिताल गाउँपालिकाका ८०० जना महिलाहरुको क्षमता विकास, सिपमुलक तालिमका साथै उनीहरुलाई आवश्यक सहयोग गरेर आयआर्जनमा प्रत्यक्ष जोड्ने छौ ।

केही समय अघि परियोजनाबाट आलितालका १५० जनालाई जनही २ वटा गरि ३०० वटा बाख्रा वितरण, ५० परिवारलाई घार सहित माहुरी १०० घार, २५ परिवारलाई ५० वटा बंगुर , ४२ जनालाई उन्नत जातका फलफुल तथा २५ जनालाई तरकारी समेत वितरण गरिएको संयोजक जोशीले बताए ।

















