खाेज्नुहाेस्

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

Image

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार गोली चलेको छ ।  गोली लागेर घाइते भएका एक युवकको तिघ्रामा चोट लागेको छ ।

घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गोली किन र कसले चलाएको भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।

सम्बन्धित पाेष्ट