खाेज्नुहाेस्

अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु

Image

दार्चुला । दार्चुलाको अपि हिमाल क्षेत्रमा आजबाट पर्यटन महोत्सव २०८३ सुरु भएको छ ।
अपि हिमाल गाउँपालिका –१ स्थित पिल्कन्द, अपि हिमाल आधार शिविर क्षेत्रमा तीनदिने महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताएका छन् ।
अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपि हिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ ।
अपिहिमाल, कालीढुंगा, रिछार्दे र बयेली ताल, धर्मी गुफा, मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल तथा विशाल पाटन यस क्षेत्रका प्रमुख पर्यटकीय आकर्षण हुन् ।
प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गरी स्थानीयको आयआर्जन र रोजगारी बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित पाेष्ट