खाेज्नुहाेस्

सरकार स्वेच्छाचारी भयो–कांग्रेस महामन्त्री पौडेल

Image

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी भएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले संविधान र कानुनको बेवास्ता गरेको बताए ।

कानुनी व्यवस्थालाई कमजोर बनाएर सरकारले सत्ताको दुरुपयोग गरेको उनको भनाइ थियो । ‘सरकार स्वेच्छाचारी भयो । संविधान र कानुनको बेवास्ता गरियो,’ सिंहदरबारमा जारी संसदीय दलको बैठकमा सहभागी स्रोतले महामन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘कानुनी व्यवस्थालाई कमजोर बनायो र सत्ताको दुरुपयोग गर्‍यो ।’

महामन्त्री पौडेलले बैठकमा अन्य प्रतिपक्षी दलहरूसँग पनि सहकार्य गरेर अघि बढ्नु पर्ने धारणा राखेका छन् । उनले दललाई प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानको माग गर्न पनि भनेका छन् ।

अदालतमा सेटिङ प्रकरणमा विचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरी मुछिएको विषयको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन हुनुपर्ने महामन्त्री पौडेलको भनाइ थियो ।

सम्बन्धित पाेष्ट