डडेल्धुरा ।रोजगारीका लागि भारत जानेक्रममा सवारी दुर्घटनामा परी डडेल्धुराका तीन जनाको मृत्यु भएको छ ।
भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका –६ भौनाकी मिना महरा, उनकी सानी छोरी र सोही ठाउँका भक्त धामीकी छोरी निर्मला धामीको मृत्यु भएको जनाइएको छ ।
उनीहरू रोजगारीका लागि भारतको शिमला जाने क्रममा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा मिना महराका श्रीमान् गम्भीर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको जनाइएको छ

















