खाेज्नुहाेस्

समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई नियन्त्रणमा लिनु गलत भएको रास्वपाको ठहर

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्।

पत्रकारलाई समाचारकै विषयमा पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने कार्य संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको समेत विपरीत हुने उनको भनाइ छ।

खरेलले नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको उल्लेख गर्दै रास्वपा त्यसको पक्षमा स्पष्ट रहेको बताए।

उनले अनलाइनखबरसँग भने, ‘पत्रकारलाई कुनै पनि बहानामा समाचारकै आधारमा पक्राउ गर्नु चाहिँ त्यो पार्टीको हाम्रो नीतिमा पनि छैन, सिद्धान्तमा पनि छैन। नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई जुन मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको छ, त्यसको स्पष्ट पक्षमा पार्टी छ।’

सम्बन्धित पाेष्ट