खाेज्नुहाेस्

१०औँ राष्ट्रिय खेलकुदका लागि डडेल्धुरामा छनोट प्रतियोगिता सुरु

Image

डडेल्धुरास् १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै डडेल्धुरामा जिल्ला छनोट प्रतियोगिता शनिबारबाट सुरु भएको छ।

कर्णाली प्रदेशको सुर्खेतमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशस्तरीय प्रतियोगितामा डडेल्धुरा जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनोट  शुरु गरिएको छ ।
छनोट प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य एवं महिला तथा सामाजिक मामिला समितिकी सभापति आकृति अवस्थीले गरेकी छन्।
कार्यक्रमको उद्घाटन गर्दै उनले पदक जित्नका लागि पूर्वाधार, लगानी र आत्मबल आवश्यक रहेको बताईन । खेलकुद क्षेत्रमा महिला खेलाडीहरुको सहभागीता बढाउनु पर्ने बताईन ।

जिल्ला खेलकुद समितिका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगिताबाट उत्कृष्ट खेल प्रतिभाको पहिचान गरिने र छनोट प्रक्रिया निष्पक्ष बनाइने बताएका छन् । उनले भने डडेल्धुरा जिल्लामा १७ विधामा ४३५ खेलाडीले नाम दर्ता गराएका छन्। तीमध्ये प्रदेशस्तरीय छनोटका लागि २४८ खेलाडी सहभागी हुनेछन्।

सम्बन्धित पाेष्ट