खाेज्नुहाेस्

प्रधानमन्त्रीको सचिवालयको दाबीः पत्रकार पक्राउमा हाम्रो संलग्नता र जानकारी छैन

Image

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले पत्रकारहरुको धरपकडमा संलग्नता अस्वीकार गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले आज भएका घटनाक्रममा प्रधानमन्त्री र सचिवालयको कुनै पनि संलग्नता नरहेको दावी गरिन् ।

नेपाल प्रेसलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘आज जे–जति घटनाक्रम विकसित भएका छन्, यसमा प्रधानमन्त्रीज्यूको सचिवालय र प्रधामनमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको कुनै पनि संलग्नता छैन । हामीलाई यसबारे जानकारी पनि छैन ।’

प्रहरीले आज नेपाल प्रेसको कार्यालयभित्र प्रवेश गरी समाचार कक्षबाटै पत्रकार विश्वमणी सुबेदीलाई पक्राउ गरेको छ ।

यस्तै अन्य सञ्चारमाध्यममा पनि प्रहरीहरु गएर पत्रकारको खोजी गरेका छन् । नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल तथा प्रधानसम्पादक मात्रिका पौडेललाई पनि साइबर ब्यूरोमा बोलाएर केरकार भइरहेको छ ।

सम्बन्धित पाेष्ट