खाेज्नुहाेस्

सहकारीका सदस्यहरुलाई तीन दिने बजार व्यवस्थापन तालिम सम्पन्न

Image

डडेल्धुरा । आलिताल गाउँपालिकामा रहेका सहकारीका सदस्यहरुलाई तीन दिने बजार व्यवस्थापन तालिम विहिबार सम्पन्न भएको छ ।
आलिताल गाँउपालिका वडा नंं १ मा रहेको हरियाली बहुउद्धेश्यीय कृषि सहकारी संस्था र वडा नं. ८ मा रहेको हरियाली बहुउद्धेश्यीय कृषि सहकारी संस्थाका ३० जना सदस्यहरुलाई बजार व्यवस्थापन सम्बन्धि तालिम दिइएको छ ।
ए डब्लु ओ ईन्टरनेशनलको आर्थिक सहयोगमा निड्स नेपालद्धारा संचालित सम्मानित युवा श्रम आप्रवासन तथा सुदृढ जीविकोपार्जन परियोजना अन्र्तगत तालिम संचानिल गरिएको परियोजना संयोजक शैलेन्द्र जोशीले बताएका छन् ।
सहकारीका सदस्यहरुलाई बजार व्यवस्थापन सम्बन्धी ज्ञान,सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले तालिम संचालन गरिएको थियो ।
तालिममा स्थानीय उत्पादनको बजार पहिचान, बजारको माग विश्लेषण, मूल्य निर्धारण, बजारीकरण, सामूहिक बजारीकरण तथा बजारसँग समन्वय विस्तार गर्नेलगायतका विषयमा प्रशिक्षण दिइनेछ। यसका साथै उत्पादनको गुणस्तर सुधार, प्याकेजिङ, लेबलिङ, व्यवसाय व्यवस्थापन र बिक्री प्रवर्द्धनसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको थियो ।

सम्बन्धित पाेष्ट