काठमाडौँ । नेकपा एमालेको आज शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा पार्टी कमिटी र विभिन्न सङ्गठनहरूलाई पूर्णता दिने विषयमा छलफल हुने भएको छ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषयमा छलफलपछि निर्णय गर्ने तयारी रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार विभिन्न पार्टी कमिटीसहित सङ्गठनहरूलाई पूर्णता दिने बैठकको एजेन्डा छ ।

















