खाेज्नुहाेस्

खोज तथा उद्धार, राहत, व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्छ : देउवा

Image

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावितका लागि सरकारले मुख्य चारवटा विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि जाने क्रममा बिहीबार नुवाकोट पुगेका देउवाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सरकारले खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।

‘विपत्तिको अवस्था अत्यन्तै दुःखदायी छ । यहाँका साथीभाइ तथा प्रभावित नागरिकप्रति म गहिरो दुःख व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘अहिले सरकारले मुख्य रूपमा चारवटा विषयलाई प्राथमिकतामा राख्नुपर्छ । खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र ‘रि–कन्सट्रक्न’ (पुनर्निर्माण) ।’

पूर्वप्रधानमन्त्री देउवाले बाढी प्रभावित नागरिकका लागि सरकारले के–के गरिरहेको छ र के काम हुन सकेको छैन भनेर आफूले आवाज उठाउउने पनि बताए ।

सम्बन्धित पाेष्ट