खाेज्नुहाेस्

पारोट चम्किँदा लिलमाथि बेटिसको रोमाञ्चक पुनरागमन जित

Image

काठमाडौँ । रिपब्लिक अफ आयरल्यान्डका ट्रोय पारोटले निर्णायक गोल गरेपछि रियल बेटिसले पछि परेको स्थिति उल्टाउँदै लिलमाथि रोमाञ्चक जितसहित च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

पूर्व टोटनहम फरवार्ड पारोटले गत महिना बेटिसमा आबद्ध भएयता उत्कृष्ट लयलाई निरन्तरता दिएका छन् । उनले शुक्रबार रियल मड्रिडविरुद्ध पनि बेटिसलाई जित दिलाउने एकमात्र गोल गरेका थिए ।

खेलको पहिलो हाफमा लिल हाबी देखिएको थियो। तर दोस्रो हाफमा बेटिसले उत्कृष्ट प्रदर्शन गर्नुका साथै लिलका एक खेलाडीले रातो कार्ड पाएपछि स्पेनी टोलीले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

फेयेनोर्डबाट समरमा लिल आएका अयासे उएदाले लगातार दोस्रो खेलमा गोल गरे । रियल मड्रिडका स्टार किलियन एम्बाप्पेका भाइ इथान एम्बाप्पेको उत्कृष्ट क्रसमा उनले नजिकैबाट हेडमार्फत गोल गरेका थिए ।

लिलले खेलमा दबाब बढाए पनि बेटिसले केही समयमै बराबरी गोल फर्कायो । पाब्लो फोर्नाल्सको उत्कृष्ट क्रसमा मार्क बार्ट्राले डाइभिङ हेडरमार्फत बललाई गोलमा परिणत गरे ।

दुवै टोलीले आफ्नो पहिलो अन(टार्गेट प्रहारमै गोल गरेका थिए । त्यसपछि लिलले दोस्रो अन(टार्गेट प्रहारमै पुनः अग्रता लियो । गाएतान पेरिनको कर्नरमा एलेक्ससान्द्रोले हेड गर्दै गोल गरे ।

तर दोस्रो हाफ सुरु भएको तीन मिनेटमै बार्ट्राले फेरि गोल गर्दै बेटिसलाई बराबरीमा ल्याए । इस्कोको फ्रिकिकमा उनले हल्का हेड टच दिँदा बल गोलकिपर बर्के ओजरलाई छल्दै जालीमा पुगेको थियो ।

त्यसपछि पारोटले निर्णायक गोल गरे । उनले पेनाल्टी क्षेत्रबाहिरबाट आएको बलमा शक्तिशाली लो शट प्रहार गर्दै टाढाको कुनामा गोल गरे र बेटिसलाई ३–२ को अग्रता दिलाए ।

लिलको अवस्था त्यसपछि थप खराब बन्यो । नतानलाई बलबाट टाढा राख्ने क्रममा कुहिनाले प्रहार गरेको देखिएपछि इथान एम्बाप्पेलाई रातो कार्ड देखाइएको थियो ।

लिलले बराबरी गोलका लागि आक्रामक खेलाडीहरू मैदानमा उतार्‍यो । पूर्व आर्सनल तथा चेल्सी स्ट्राइकर ओलिभियर जिरुडलाई समेत मैदानमा ल्याइए पनि बेटिसको बलियो डिफेन्स तोड्न फ्रेन्च टोली असफल भयो ।

च्याम्पियन्स लिगको अर्को खेलमा लिलले १३ अक्टोबरमा आर्सनलसँग खेल्नेछ भने बेटिसले १४ अक्टोबरमा पोर्टोलाई घरेलु मैदानमा आतिथ्य गर्नेछ ।

सम्बन्धित पाेष्ट