खाेज्नुहाेस्

२४ भदौलाई केपी ओलीले भने– कहाली लाग्दो विध्वंस भएको दिन

Image

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको २४ भदौलाई कहाली लाग्दो विध्वंस भएको दिनको रूपमा स्मरण गरेका छन् ।

भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘गत वर्ष आजकै दिन राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि सर्वाधिक ठूलो आक्रमण र विध्वंस भएको थियो ।

गत वर्ष भदौ २३ र २४ मा जेनजी आन्दोलन भएको थियो । २४ भदौमा सरकारी र निजी सम्पतिमाथि व्यापक तोडफोड र आगजनी भएको थियो ।

यसलाई एमाले अध्यक्ष ओलीले विध्वंस भनेका हुन् ।

सम्बन्धित पाेष्ट