बाजुरा। बाजुरामा खोलाले बगाउँदा एक जना किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १६(१७ वर्षीय छोरा अनुज सिंह रहेका छन् ।
भदौ २३ गते दिउँसो बाख्रा चराउन गएका सिंह कालसिगे खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी चौकी जुड्डीका इन्चार्ज रमेश रावलले बताएका छन्।
उनले भने, “किशोरलाई खोलाले बगाएको कुरा स्थानीय खडक भण्डारीले भदौ २३ गते साँझ करिब ५ः५० बजे प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए।”
त्यसपछि प्रहरी र स्थानीयले किशोरको खोजी गरे पनि फेला पार्न सकेनन् । आज फेरि सात जना सशस्त्र प्रहरी, तीन जना नेपाल प्रहरी र स्थानीयवासीले उक्त क्षेत्रमा खोजी गरिरहेको रावलले बताए ।

















