नेपाल ‘ए’ ले अष्ट्रेलियामा जारी टप एन्ड टि ट्वान्टी अन्तर्गत आफ्नो चौथो खेलमा आज एसिटी कमेट्सको सामना गर्दैछ ।
सुरुवाती दुई खेलमा खराब प्रदर्शनका साथ हार बेहोरेको नेपाल `ए´ ले तेस्रो खेलमा पहिलो जित निकालेको थियो। जसले टोलीको सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राखेको थियो।
सुरुका दुई खेलमा ब्याटिङ र बलिङ दुबैमा नेपाल `ए´ कमजोर रहेको थियो। । यसअघि नेपाल `ए´ ले आज होबार्ट हुरिकेन्स `ए´लाई ३९ रन हराएको थियो। ।
१ सय ५५ रनको लक्ष्य पछ्याएको होबार्ट हुरिकेन्स `ए´लाई नेपाल `ए´ ले १८.३ ओभरमा १ सय १५ रनमा रोकेको थियो। ।
नेपाल `ए´ का लागि नारायण जोशीले ३,सहाब आलाम र पवन सर्राफले समान २ तथा विपिन खत्रीले १ विकेट लिएका थिए। ।
नेपाल `ए´ ले कुशल भुर्तेलको सर्वाधिक रनसहित ३९ रनसहित ८ विकेटको नोक्सानीमा १ सय ५४ रन बनाएको थियो ।
मयन यादवले २५ बल ४ चौकासहित ३१, अनिल साहले २१ बलमा २ छक्का र १ चौकासहित २८, लोकेश बमले १६ बलमा समान १ छक्का र चौकासहित २० रन बनाएका थिए।
त्यसअघि बंगलादेश हाइ पर्फर्मेन्स टिमसँग ९ विकेटले पराजित भएको खेलमा नेपालले ९९ रन मात्र बनाएको थियो ।
नेपाल `ए´ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको थियो । त्यसमा पनि नेपाल एले १ सय २२ रन बनाएको थियो । ९ टोली सहभागी रहेको प्रतियोगितामा नेपाल ए २ अंकसहित सातौं स्थानमा उक्लिएको छ।
सेमिफाइनलको सम्भावना बलियो बनाउन नेपाल `ए´ ले आजको खेल जित्नु पर्नेछ । सबै ३ खेलमा पराजित एसिटी कमेट्स अंकतालिकाको पुछारमा छ।


















